२१ यात्रु सवार बस हेटौँडामा दुर्घटना, एकको मृत्यु

Advertisement

भरतपुर । चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको बस हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई दुर्घटना भएको छ । ना५ख ४०१५ नंको दिवासेवाको यात्रुवाहक बस आज सोमबार बिहान दुर्घटना भएको हो ।

२१  यात्रु सवार बस दुर्घटना हुँदा उपचारको क्रममा एक महिलाको हेटौँडा अस्पतालमा मृत्यु भएको छ। मृत्यु भएकी महिलाको अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सो दुर्घटनामा परी घाइते भएका २० यात्रुको हेटौँडास्थित चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।घाइते २० मध्ये चारको अवस्था अत्यन्तै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Advertisement

Advertisement

Advertisement