हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आइपीओ भर्ने म्याद कहिलेसम्म ?

Advertisement

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको  (साधारण सेयर) आइपीओमा आवेदकले आगामी असार १३ गतेसम्म आवेदन दिन पाउने भएका छन् । कम्पनीले गत जेठ १४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री खुला गरेको थियो जसमा तोकिएको समयमा माग भएजति आवेदन नपरेपछि कम्पनीले पुनः म्याद थप गरेको हो।

अब कम्पनीको आइपीओ भर्न मात्र १० दिन बाँकी रहेको छ ।  यसअघि छिटोमा जेठ २८ गते मंगलबारसम्म आइपीओ भर्न पाउने व्यवस्था गरिएको थियो । यसले १०० रुपियाँ अंकित मूल्यमा १६ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । यो आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।

जसमा आयोजना अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं ९, १० र माई नगरपालिका वडा नं ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानिय बासिन्दाले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले लक्ष्मी बैंक, (चोक बजार–इलाम), एभरेष्ट बैंक (फिक्कल–इलाम), सिद्धार्थ बैंक (इलाम), सेन्चुरी बैंक (भानुपथ–इलाम), ग्लोबल आइएमई बैंक (फिक्कल–इलाम), माछापुच्छ्रे बैंक (इलामं), एसबीआई बैंक (इलाम) र आयोजना स्थल इलाम नगरपालिका वडा नं ९ र १० बाट आवेदन दिन सकिन्छ । सी–आस्वा सेवा प्रप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन मिल्नेछ ।

क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । हिमाल हाइड्रोको केन्द्रीय कार्यालय कालोपुल, काठमाडौंमा छ । इलाममा हिमालका दुई वटा आयोजना निर्माणधीन छन् । जसमा माई खोला स्मल हाइड्रोपावर ४।५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट छन् ।

Advertisement

Advertisement

Advertisement