आफ्नो बजेटप्रति आफैँ सन्तुष्ट छैनन् गण्डकी प्रदेशका अर्थमन्त्री

Advertisement

काठमाडौं । गण्डकी प्रदेशले आउँदो आर्थिक बर्षका लागि ३२ अर्ब १३ करोड रुपियाँको बजेट आइतबार सार्वजनिक गर्यो । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश संसदमा उक्त बजेट प्रस्तुत गरे । बजेट सार्वजनिक पछि बजेटबारे विभिन्न टिकाटिप्पणीहरु भइरहेको बेला स्वयं अर्थमन्त्री पनि त्यति सन्तुष्ट देखिएनन्।

नेपाल पत्रकार महासंघ कास्की शाखाले सोमबार गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गुरुङले बजेट हतारमा ल्याएकोले आउनुपर्ने जस्तो बजेट नआएको बताए। उनले बजेट जस्तो बक्तव्य आउनुपथ्र्यो त्यस्तो आउन नसकेको जनाए । प्राविधिक कठिनाइ भएकाले आउनुपर्ने जस्तो बजेट नआएको अर्थमन्त्री गुरुङको भनाई छ।

Advertisement

Advertisement

Advertisement