शशांक भन्छन्– यो मुलुकलाई सही मार्गमा लानसक्ने काँग्रेस मात्रै हो

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले वर्तमान सरकार केन्द्रिकृत शासनमा जान लागेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लबमा सरकार तानाशाह बन्न खोजेकोले त्यसविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताए ।

प्रदेश र स्थानीय तहलाई ३० प्रतिशतभन्दा कम बजेट छुट्याइनुले सरकार केन्द्रिकृत शासनतर्फ जान लागिरहेको प्रमाणित हुँदै गएको भन्दै कोइरालाले भने, ‘सरकारले दुई तिहाईको दम्भ पालिरहेको छ, यसले जनविरोधी गतिविधि गरिरहेको छ ।’

गुठी विधेयक, मिडियासम्वन्धी विधेयकतर्फ संकेत गर्दै उनले जनताको भावना विपरित भइरहेका सरकारको गतिविधिविरुद्ध काँग्रेस सशक्त रुपमा प्रस्तुत हुने बताए । ओली सरकारले शक्ति केन्द्रिकृत गरी तानशाही बन्न खोजिरहेको कोइरालाले आरोप लगाए ।

कोइरालाले काँग्रेसको आउँदो महाधिवेसनमा बिपिको बिचारलाई आत्मसात गर्दे जान आवश्यक रहेको बताए । उनले नेपाली राजनीतिको ठूलो शक्ति भएकाले नेपाली काँग्रेसले नै देशलाई सही मार्गमा लाने बताए ।

नेपाल संस्कृतिक विश्वविदालयका प्राध्यापक डा. कुलप्रसाद कोइरालाले धर्म र संस्कृतिको रक्षा नभए देशमा संकट आउनसक्ने बताए । अहिले धर्म संस्कृतिमाथि चौतर्फी प्रहार भइरहेकाले त्यसप्रति सबै सचेत र सजग हुनुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement