इस्कर्टस कम्पनीको एक्सट्रीम व्याकहो लोडर नेपाली बजारमा, यस्तो छ मूल्य

Advertisement

काठमाडौं । नेपालस्थित भारतीय इस्कर्टस कम्पनीको एक्सट्रीम व्याकहो लोडरको आधिकारिक विक्रता द हबी अटो ट्रेडिङ प्रालिले व्याकहो लोडर नेपाली बजारमा ल्याएको छ । कम्पनीले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी उक्त उपकरण सार्वजनिक गरेको हो । टिकाउ, गुणस्तरीय र इन्धनमैत्री अन्तर्राष्ट्रिय स्तरको यो व्यकहो लोडर निर्माण क्षेत्रका लागि एकदमै उपयोगि रहेको कम्पनीका निर्देशक उमेश नारायण मानन्धरले बताएका छन् ।

यो इस्कर्ट ई ४.३६८ टिसी आई इन्जन, ९० एच पी इनलायन पम्प जडान भएको व्याकहो लोडर बताईएको छ । जसको तौल ८४०० केजी रहेको छ । करारो ट्रान्समिसन र टेण्डम गियर पम्प भएको यो मेशिनको लोडर डम्पिङ हाइट ३ मीटर र पे लोड १९८० केजी रहेको छ । यस मेशिनले ४.८ मिटर गहिराइसम्म खन्न सक्छ । न्युन इन्धन खपत गर्ने यस मेशिन सडक, जलविद्युत आयोजना, खानी उत्खनन, कृषि लगायत पूर्वाधार निर्माणमा एक्सट्रीम व्याकहो लोडरले महत्वपूर्ण भूमिका खेल्न सक्ने कम्पनीको दाबी छ ।

विगत २२ वर्षदेखि ट्रयाक्टर लगायतका कृषि उपकरणको कारोबार गर्दै आएको द हवी अटो ट्रडिङ प्रालि कम्पनीले नेपालस्थित आइसर ट्रयाक्टरको आधिकारिक विक्रेता समेत रहेको छ । एक्सट्रीम व्याकहो लोडर खरिदमा ८० प्रतिशतसम्म फाइनान्सको सुविधा, नेपाल अधिराज्य भर सेल्स, सर्भिस र पार्टस शाखा कार्यालयहरुबाट प्रदान गर्ने कम्पनीका प्रवन्ध निर्देशक मानन्धरले जाकारी दिएका छन् । कम्पनीले यसको मूल्य ४३ लाख २० अजार रुपियाँ तोकोको छ ।

साथै, बिक्रीको सुरुवाती क्रममा प्रत्येक एक्सट्रीम व्याहो लोडर खरिदमा एकजनालाई थाइलाइन्ड भ्रमणको स्कीम पनि दिइएको छ ।

Advertisement

Advertisement

Advertisement