असार २६ देखि भृकुटीमण्डपमा बृहत शैक्षिक मेला हुने

Advertisement

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले असार २६ गतेदेखि भृकुटीमण्डपमा बृहत शैक्षिक मेला आयोजना गर्ने जनाएको छ । विगतमा जस्तै यस बर्ष पनि आयोजना गर्न लागिएको शैक्षिक मेला चार दिनसम्म चल्नेछ । इक्यान मेलाको यो १३औं संस्करण हो ।

यस शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक र अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि सही जानकारी र परामर्श पाउने भन्दै इक्यानले यो मेलामा एक लाखभन्दा बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

मेलामा सहभागिता जनाउन विभिन्न देशका दूतावास तथा कुटनीतिक नियोगलाई समेत आग्रह गरिएको छ । मेलामा ईक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायी, स्वदेशी तथा विदेशी शैक्षिक संस्था र भारत, चीन बगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्याण्ड अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, साईप्रसलगायतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता हुने जनाइएको छ ।

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना एवं अवसरहरु जस्ता विषयमा पर्याप्त सुचना प्रवाह गर्ने यस मेलामा स्वदेशी तथा विदेशी शैक्षिक संस्था, विश्वविद्यालय, र त्यहा प्राप्त हुनसक्ने छात्रवृत्ति एवं अन्य सुविधा, गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको पहुँचको लागि परामर्श सेवा प्रदान गरिने जनाइएको छ ।

यस पटकको मेलामा विगतमा भन्दा केही नयाँ विशेषताहरु हुने भन्दै इक्यानले करिब चार सय स्टल रहने प्रदर्शनीमा क्षेत्र फ्रि वाईफाइ, लाइभ टक शोको व्यवस्था हुनेछ । मेलाको अवलोकनलाई लक्षित बनाएर आउने विद्यार्थीहरुको लागि मात्र उपत्यकाका मुख्य रुटहरुमा निःशुल्क बस सेवाको व्यस्था समेत हुने आयोजकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement