बच्चा बोकेरै लोकसेवाको कष्टपूर्ण तयारी (फोटो फिचर)

Advertisement

काठमाडौं । लोक सेवा आयोगले नौ हजार भन्दा बढि कर्मचारीको पदपूर्तिका लागि खुलाएको विज्ञापनको फारम भर्ने म्यान सकिनै लाग्दा परीक्षाको तयारीमा रहेकाहरु निकै कष्ट सहेर भए पनि फारम भर्ने काम गरिरहेका छन् ।

स्थानीय तहमा कर्मचारी अभाव पूर्ति गर्न आयोगले गरेको विज्ञापनलाई अहिले राजनीतिक विवादको विषय बनाउँदै एकथरीले रद्द गर्न माग गरिरहे पनि आयोग र सरकार भने नियमसम्मत विज्ञापन गरिएकोले कुनै पनि हालतमा रद्द गर्न नसकिने बताउँदै आएका छन् ।

एकल दस्तुर तिरेर फारम भर्ने म्याद मंगलबारबाट सकिँदै छ । अनलाइनमार्फत फारम भर्ने व्यवस्था आयोगले गरे पनि धेरैले एकैपटक फारम भर्ने हुँदा आयोगको वेभसाइट ढिला भई परीक्षार्थीले सास्ती भोग्नुपरेको छ । त्यसमाथि विशेषगरी बालबालिका भएका महिलाले बच्चा लिएर फारम गर्न लाइन सक्नुपर्दा निकै कष्ट पनि भइरहेको देखिन्छ ।

परीक्षाको अन्योलता क्रमस कम हुँदै गएकाले फारम भर्नेहरुको पनि संख्या पछिल्लो समयमा निकै बढेको छ । शुल्क लिएर फारम भरिदिने काम गर्दै आएका पसलहरुमा अहिले भीड त्यस्तै देखिन्छ भने लोकसेवाको परीक्षासँग सम्वन्धित पुस्तक बिक्री गर्ने र किन्नेहरुको संख्या पनि त्यतिकै छ ।

लोकसेवाको केन्द्रिय कार्यलयमा परीक्षाबारे बुझ्न आएकाहरुको पनि सोमबार ठूलै भीड देखिन्थ्यो । आयोगको कार्यालय अगाडि ठूलो संख्यामा जम्मा भएका उनीहरुलाई प्रहरीले भित्र प्रवेश गर्न दिएको थिएन् । तस्विरः द्धारिका काफ्ले

















Advertisement

Advertisement

Advertisement