राजश्व छली गरेको भन्दै २३८ जनासँग १८ अर्ब ३२ करोड विगो र जरिवाना दावी

Advertisement

काठमाडौं । राजश्व अनुसन्धान विभागले चालु आर्थिक बर्षको जेठसम्म राजश्व चुहावटका ८१ कसुरमा अनुसन्धान सम्पन्न गरी मुद्दा दायर गरेको जनाएको छ ।

त्यस्तै, राजश्व चुहावटको कसुरमा २३८ उपर विगो र जरिवानावापत १८ अर्ब ३२ करोड एवं तीन बर्षसम्मको कैद माग दावी गरिएको छ ।

विभागले जारी गरेको विज्ञप्तिअनुसार यसमा सुनको भन्सार चोरी पैठारी कसुरमा ६६.४०० किलो सुनसमेत बरामद गरिएको, राजश्व छली र आर्थिक अपराधका जोखिमयुक्त क्षेत्रमा अनुसन्धानलाई केन्द्रित गरिएबाट राजश्व प्रशासनमा सदाचार प्रवद्र्धन भएर राजश्व संकलनमा वृद्धिसमेत भएको छ ।

विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोबारमा ६४ मुद्दा संकलन गरी १०४ जनाबाट पाँच अर्ब ११ करोड रुपियाँ विगो कायम गरी विगोको तेब्बरसम्म जरिवाना र तीन बर्षसम्म कैद माग दावीसहित मुद्दा दर्ता गरिएको छ ।

Advertisement

Advertisement

Advertisement