बझाङमा जीप दुर्घटना, १० जनाको मृत्यु, गम्भीर घाइतेको हेलिकप्टरबाट उद्दार

Advertisement

बझाङ । चैनपुरको डुङ्ग्रीबाट मष्टा गाउँपालिकातर्फ जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप सोमबार दिउँसो डौठीमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

दुर्घटनामा परी मष्टा गाउँपालिका–१ का कलकबहादुर खड्का, उनकी श्रीमती ३८ वर्षीया जुनधारा खडका र १७ वर्षका छोरा सुनील खड्का, सोही वडा बस्ने २३ वर्षका हिक्मत खडका, ५९ वर्षीया धौली खड्का, ६५ वर्षीया जुना खडका, ३० वर्षका भक्त दुवाल, २७ वर्षीया लक्ष्मी दुवाल, गाडिका चालक २२ वर्षका सुरेन्द्र थापा र नौ वर्षकी विनिता खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम क्षेत्रका प्रहरी प्रमुख सुरज केसीका अनुसार जीपको गेयर नलाग्दा दुर्घटना भएको प्रारम्भिक अध्ययनबाट देखिएको छ । प्रहरी टोलीले गाडि दुर्घटना भएको भीरमा गएर ५ जना घाइतेको उद्धार गरेको छ । उनीहरुलाई उद्दार गर्न तीन घण्टाभन्दा बढि समय लागेको जनाइएको छ ।

गम्भीर घाइते तीन जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ भने बाँकीको चैनपुरस्थित जिल्ला अस्पतलमा उपचार भइरहेको छ। दुर्घटनालगत्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा गृह मन्त्रालयले हेलिकप्टर पठाएर घाइतेको उद्धार गरेको हो। घाइते पाँचैजना खतरामुक्त रहेको प्रहरीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement