सिद्धार्थ बैंकले जनरल इन्स्योरेन्सको बीमा पोलिसी बिक्री गर्ने

Advertisement

काठमाडौं । सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्स बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । सो सम्बन्धि सम्झौता पत्रमा, सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक अर्जुनभद्र खनाल र जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबंधक एस।के तमोटले हस्ताक्षर गरेका हुन् ।

एक समारोहबीच सिद्धार्थ बैंकका सहायक महाप्रबंधक अर्जुनभद्र खनालले आगामी दिनहरुमा, जनरल इन्स्योरेन्स कमपनीमा बीमा गर्ने ग्राहक वर्गहरुलाई आवश्यक निर्जीवन बीमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताए ।

बैंकले देशका सबै क्षेत्र तथा वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १सय ५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १सय शाखारहित बैंकिङ सेवा, १सय ६९वटा एटिएम र १ हजार ३सय भन्दा बढी पिओएस् मेसिन मार्फत् उच्च स्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement