‘होस्टेल ब्याक अगेन’ का लागि कलाकारको खोजी हुँदै

Advertisement

काठमाडौँ । दर्शकले निकैमन पराईएको होस्टेल फिल्मको तेस्रो सिरिज बन्ने भएको छ । दुई सिरिजको सफलतापछि निर्माण युनिटले तेस्रो सिरिज निर्माण गर्न लागेको हो।

‘होस्टेल’ फिल्मबाट अनमोल केसी, सलोन बस्नेत र गौरव पहारीले डेब्यू गरेका थिए । दोस्रो सिरिजबाट भने लिड हिरोको रुपमा शुशील श्रेष्ठ, स्वस्तिमा खड्का, नाजिर हुसेनले डेब्यू गरे । ‘होस्टेल’ को दुई सिरिजमा नै नयाँ कलाकारलाई मौका दिएका निर्माताले तेस्रो सिरिजमा पनि नयाँ कलाकारलाई नै अवसर दिने भएका छन् । यसका लागि अमेरिकामा अडिसन आह्वान गरिएको छ । इच्छुकले फिल्मका लागि अनलाइनमार्फत् आवेदन दिनुपर्नेछ ।

‘होस्टेल ब्याक अगेन’ नाम जुराइएको फिल्मलाई दुर्गीश फिल्म्स् र ब्ल्याक हर्स प्रोडक्सनले निर्माण गर्दैछ । उक्त फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा हुनेछ । यसको अगस्टबाट छायांकन सुरु हुनेछ ।

‘ यसको पटकथा, संवाद रायन राइजले लेखिरहेका छन् । हाल स्क्रिप्टको काम भइरहेको सुनिलले जानकारी दिए । हरेक देशबाट अमेरिका अध्ययनका लागि गएका र होस्टेलमा बसेका युवा युवतीहरुको विषयलाई मुख्य कथा बुनेर ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने रावलले बताए । ‘होस्टेल ब्याक अगेन’ यसै वर्ष प्रदर्शनमा आउने छ ।

Advertisement

Advertisement

Advertisement