लोकसेवा आयोगमा आवेदन दिने म्याद एक हप्ता थपियो (सूचनासहित)

Advertisement

काठमाडौं । लोकसेवा आयोगले आवेदन दिने म्याद एक हप्ता थपेको छ । आयोगले अनलाइन प्रणालीमार्फत दरखास्त दिनेहरुको संख्या अत्यधिक भएकाले सर्भरमा समस्या देखिएर धेरै जनाले दरखास्त दिन नपाएको गुनासो आएकोले म्याद थप गरेको हो ।

आयोगले गएको जेठ १५ देशभरका ५१५ स्थानीय तहका विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको थियो । यसको दरखास्त दिने अन्तिम म्याद आज अर्थात असार ३ गते तोकेको थियो ।

आज मंगलबार आयोगले निर्णय गरी असार १० गतेसम्म म्याद गप गरिएको आयोगले जनाएको छ । निर्णय अनुुसार असार १७ गतेसम्म दोब्ब दस्तुर तिरेर दरखास्त दिन सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

 

loksewa-aayog

Advertisement

Advertisement

Advertisement