कर्णालीमा जीप खस्यो, गाउँपालिका उपाध्यक्षसहित कम्तीमा १० यात्रु बेपत्ता

Advertisement

काठमाडौं । गाउँपालिकाका उपाध्यक्ष चढेको जीप मंगलबार कर्णाली नदीमा खसेको छ । खार्पुनाथबाट गाउँपालिकाको केन्द्र याञ्चुतर्फ जाँदै गरेको लु१ज७१६६ नम्बरको जीप कर्णालीमा खसेको प्रहरीले जनाएको छ ।

जीप र सवार सबै यात्रु बेपत्ता भएको जनाईएको छ । जीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमालसहित अरु पनि चढेको अनुमान गरिए पनि कतिजना यात्रु थिए भन्ने एकिन भएको छैन। स्थानीयका अनुसार भने जीपमा १० भन्दा बढी यात्रु सवार थिए । तर, थप विवरण आउन भने बाँकी छ ।

प्रहरी चौकी याञ्चुको टोली घटनास्थल पुगेको छ । उद्धारका तथा खोजीका लागि जिल्ला प्रहरी कार्यालयको टोली पनि हेलिकोप्टरबाट घटनास्थल पठाइएको छ ।

Advertisement

Advertisement

Advertisement