कर्णालीमा खसेको जीपमा सवार १० जना मध्ये आठ जनाको नाम खुल्यो (अपडेट)

Advertisement

काठमाडौं । हुम्लाको खार्पुनाथ ५ को यांचु कुनामा दुर्घटना भई कर्णाली नदीमा खसेको जीपमा १० जना सवार रहेको गाउँपालिका प्रशासनले जनाएको छ। सडकबाट दुई सय मिटर तल खसेर जीप कर्णालीमा बेपत्ता भएको हो।

दुर्घटनामा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमाल, उनका भाई चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुकु भण्डारी नामले चिनने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह र गोकुल सुनार रहेको घटनास्थलमा रहेका खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले जानकारी दिएका छन् ।

यसैगरी खार्पुनाथ गाउँपालिका १ कि कौर कामी र उनका २ वर्षका छोरा समेत दुर्घटनामा बेपत्ता भएका छन्। दुर्घटनामा गाडीको वल्डिङ गर्न गएका एक जना मिस्त्री समेत परेका छन्। उनको नाम खुलेको छैन।

प्रहरीका अनुसार जीप कर्णाली नदीमा बेपत्ता भएको छ । जीपको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement