गुठी विधेयक फिर्ता लिएर हुँदैन, खारेजै नभएसम्म आन्दोलन रोकिन्नः बज्राचार्य

Advertisement

काठमाडौं । सम्पदा अभियन्ता पवित्र बज्राचार्य गुठीसम्बन्धी विधेयक खारेज नगरेसम्म आन्दोलन नरोकिने बताएका छन् । रिपोर्टर्स क्लवमा मंगलबार उनले सरकारले विधेयक फिर्ता लिँदैमा आन्दोलन नरोकिने भन्दै खारेजको घोषणा हुनुपर्ने बताए ।

बज्राचार्यले गुठी मास्न खोजिएकाले विधेयक कुनै हालतमा खारेज हुनुपर्ने बताए । उनले भने, ‘गुठी अक्षयकोष जस्तै हो मास्न खोजियो ।’ हजारौं वर्षदेखि चलिआएको संस्कृति मास्ने चलखेल भइरहेकाले जनता स्वतस्फूर्त सडकमा उत्रिएको भन्द्र बज्राचार्यले नेपालको इतिहासमा गैर राजनीतिक मुद्दामा यति ठूलो आन्दोलन नउठेको बताए । गुठीसम्बन्धी विधेयक जनविरोधी भएकाले जनता उठेको उनको भनाई छ ।

बज्राचार्यले अहिलेको विधेयक खिचडी भएको बताए । सरकारले जनताको चित्त दुखाएको भन्दै उनले भूमाफियालाई जग्गा हडप्ने वातावरण निर्माण गर्न सरकारले ल्याएको विधेयक सहायक बन्ने बताए । त्यसलाई रोक्न आन्दोलनको आँधीबेहरी ल्याउने बताउँदै बज्राचार्यले सांस्कृतिक सम्पदाको रक्षा र संवद्र्धनको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement