जेठमा मात्रै राष्ट्रपति र प्रधानमन्त्रीको वैदेशिक भ्रमणमा साढे पाचँ करोड खर्च

Advertisement

काठमाडौं । जेठमा मात्रै राष्ट्रपति र प्रधानमन्त्रीको वैदेशिक भ्रमणमा साढे पाचँ करोड खर्च भएको छ ।  राष्ट्रपति चीन भ्रमणमा जाँदा तीन करोड नौ लाख र प्रधानमन्त्रीको भियतनाम भ्रमणमा दुई करोड १२ लाख ८५ हजार खर्च भएको हो ।

सरकारले जेठ महिनामा मात्रै विशिष्ट व्यक्तिको वैदेशिक भ्रमणमा पाँच करोड ५१ लाख ५२ हजार खर्च भएको जनाएको छ ।

त्यस्तै गएको वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया र म्यानमारको भ्रमणमा जाँदा दुई करोड १२ लाख ८५ हजार रुपियाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement