उदयपुरमा टिपरको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु

Advertisement

उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्वर ७ को लाटीखोलामा बुधबार टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। बेल्टारबजार जाँदै गरेको बा २ क ७०९ नम्वरको टिपरले स ४ प ३६१ नम्बरको मोटसाईकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोहि ठाउँका ४६ वर्षे खगेन्द्र राई र ४५ वर्षे जीवन साम्पाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

ठक्कर दिने टिपर निर्माणधिन मदनभण्डारी लोकमार्गको पुलको ठेक्का लिएको रसुवा जेभि कन्ट्रसनको रहेको छ । टिपरका चालक र सह चालक फरार रहेकाले खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।

Advertisement

Advertisement

Advertisement