श्रम कार्यालयले हड्ताल रोकेर कामसँगै वार्ता गर्ने भनेपछि हायत होटलका कामदार काममा फर्किए

Advertisement

काठमाडौं । श्रम कार्यालयले हड्ताल रोकेर कामसँगै वार्ता अघि बढाउन भनेपछि काठमाडौंको पाँचतारे होटल हायतका कामदार काममा फर्किएका छन् । सेवा सुविधाको माग गर्दै हड्तालमा उत्रिएका उनीहरू बुधबारदेखि काममा फर्किएका हुन्।

एक सातादेखि मजदूर हडतालमा उत्रिएपछि होटल बन्द भएको थियो।

व्यवस्थापनले पहिले नै भएको सम्झौता अघिल्लो वर्षसम्म पूरा गर्दै आए पनि सन् २०१९ को जनवरीदेखि रोकिदिएकाले कामदारहरु हड्तालमा उत्रिएका थिए।

कुल चार सय जनशक्ति रहेको होटलमा ट्रेड युनियनमा आवद्ध सबैले काम छाडेर माग पूरा हड्तालमा उत्रिएका थिए।

Advertisement

Advertisement

Advertisement