सरकारले गुठी विधेयक फिर्ता लिए पनि प्रदर्शन जारी, माइतीघरमा उर्लियो मानव सागर

Advertisement

काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिए पनि गुठीयारहरुले प्रदर्शन गरिरहेका छन्। माइती घर मण्डलामा काठमाडौंका हजारौं मानिसहरु जम्मा भएर प्रदर्शनमा उत्रिएका छन् ।

सरोकारवाला निकायको चर्को दबाबपछि सरकारले गुठीसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको हो । धर्म संस्कृति परम्परा, सम्पदा नास हुने भन्दै विधेयकको विरुद्धमा काठमाडौं उपत्यकाका नेवार समुदाय आन्दोलित बनेका छन् ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसँग पनि विधेयकका सम्बन्धमा परामर्श दिएका थिए । आफ्नै पार्टीका सांसदहरुले पनि विधेयक फिर्ता लिनुपर्ने आवाज उठाएपछि सरकार विधेयक फिर्ता लिन बाध्य बनेको हो ।

पाटन, असन तथा बसन्तपुर लगायतका क्षेत्रबाट ठूलो संख्यामा आएको मानिसहरू माइती घरमा उर्लिएका हुन्। प्रदर्शनकारीले ुगुठी विधेयक खारेज गरु,जस्ता नारा लगाएका छन्। प्रदर्शनका कारण सडकमा सवारी आवागमनमा समस्या भएको छ।

Advertisement

Advertisement

Advertisement