होन्डाको ‘डियो डिएलएक्स’ नेपाली बजारमा, यस्तो छ फिचर्स र मूल्य

Advertisement

काठमाडौं । होन्डा मोटरसाइकलसको नेपालका लागि आधिकारिक बितरक स्याकार ट्रेडिङले नयाँ ‘होन्डा डियो डिएलएक्स’ स्कुटर नेपाली बजारमा ल्याएको छ।

यो स्कुटर सहरीया बर्तमान परिवेस अनुसार ‘स्टाइलिस’ रहेको कम्पनीको भनाइ छ। यो स्कुटरमा डिजिटल मिटरका साथमा १०९ सिसी इन्जिन रहेको छ। यो स्कुटरमा मोबाइल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । यो नयाँ स्कुटरमा सर्भिसिङ इन्डिकेटर राखिएको छ। जसले सर्विस गर्नुपर्ने बेला संकेत गरेर जानकारी दिने छ।

कम्पनीका अनुसार यसको उत्कृष्ट बे्रकिङ सिस्टमले स्कुटरलाई राइडरको कन्ट्रोलमा राख्न सहज हुने छ। यो स्कुटरको बजार मूल्य २ लाख ३ हजार ९ सय रुपियाँ रहेको छ।

Advertisement

Advertisement

Advertisement