भक्तपुर अस्पतालमा आकस्मिक सेवा बाहेक सबै सेवा ठप्प

Advertisement

भक्तपुर । भक्तपुर अस्पतालमा विभिन्न पेशागत मागहरु राखेर कर्मचारीले आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गराएका छन् । भक्तपुर अस्पतालमा कर्मचारी आन्दोलनका कारण आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प भएको छ ।

अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालो पट्टि बाँधेर ३५ जना कर्मचारीहरु अस्पतालको प्राङ्गणमा धर्ना दिएर बसेका छन् । अस्पतालको मेडिकल सुपरिटेण्डन डा। सुधा देवकोटाले अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीहरुको सबै सेवा, सुविधा कटौती गरेपछि ३५ जना कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा उत्रिएका कर्मचारीले आफ्नो माग सम्बोधन नगरेको भन्दै मंगलबारदेखि आकस्मिक सेवा बाहेक सबै सेवा ठप्प पारेका हुन् ।

सरकारले अस्पताल विकास समिति खारेज गरेर मेडिकल सुपरिटेण्डनलाई अधिकार दिएपछि डा। देवकोटाले नियम विपरित यसअघिका विकास समितिले गरेको सम्पूर्ण निर्णयसमेत खारेज गरेको र समितिले नियुक्ति गरेको कर्मचारीको नियुक्तिसमेत खारेज गरेको सूचना टाँस गरेकोले आन्दोलनरत कर्मचारीहरूले बताएका छन् ।

आन्दोलनरत कर्मचारीहरूले अस्पतालमा गएको २२ वर्षदेखि कार्यरत कर्मचारीहरुलाई निष्कासन गर्ने नियतले सेवा, सुविधा कटौती गर्दै गएको र ठेक्काबाट करारमा रहेका १३ जना कर्मचारीलाई साउनदेखि नियुक्ती नविकरण नगर्ने भएकाले उनीहरुको पुनर्बाहलीको समेत माग गरेका छन् ।

Advertisement

Advertisement

Advertisement