अमेरिकी राष्ट्रपति ट्रम्पको सम्पत्ति बढेर तीन अर्ब डलर पुग्यो

Advertisement

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कुल सम्पत्तिमा गत वर्ष पाचँ प्रतिशतले वृद्धि भएर तीन अर्ब डलर पुगेको छ । योभन्दा पहिलेका दुई वर्षको अवधिमा उनको कुल सम्पत्तिमा कमी आएको थियो । हालको सम्पत्ति २०१६ को स्तरमा आइपुगेको छ । ब्लुमबर्गका अनुसार दुई अफिस बिल्डिङको मूल्य बढ्नाले ट्रम्पको सम्पत्तिमा वृद्धि भएको हो ।
उनका मित्र स्टिभन रोथको भोरनेडो रियालिटी ट्रस्टको दुई सम्पत्तिमा ट्रम्पके ३० प्रतिशत सेयर छ । गत वर्षमा यी दुवै सम्पत्तिमा ट्रम्पको हिस्सेदारीको मूल्य बढेर ७६ दशमलव पाँच करोड डलर पुगेको छ । यो एक वर्ष अगाडिको तुलनामा ३३ प्रतिशत बढी हो ।

ट्रम्पको कुल सम्पत्तिमा करिब एक चौथाइको हिस्सेदारी भोरनेडोको भागको मूल्यको रहदै आएको छ । यद्यपि ट्रम्प योसँग जोडिएको सम्झौता रोक्न चाहन्थे । गत १ वर्षको अवधिमा उनको गल्फकोर्स तथा रिसोर्टसको मूल्यमा १९ प्रतिशतले गिरावट आएर ५२ दशमलव पाँच करोड कायम भएको थियो । ट्रम्पको ऋणको रकम ५५ करोड डलरमा गत वर्ष कुनै परिवर्तन आएको छैन ।

ब्लुमबर्गले प्रपर्टी अभिलेख, सेक्युरिटिज फाइलिङ, मार्केट तथ्यांक तथा ट्रम्पको फाइनान्सियल डिस्क्लोजरको आधारमा यो आँकडा दिएको हो । डोनाल्ड ट्रम्पको रियल स्टेट समेत दोस्रो कारोबारलाई ट्रम्प अर्गनाइजेसनले सम्हाल्दै आएको छ । राष्ट्रपति पद सम्हाल्नुपूर्व ट्रम्पले यो ट्रस्ट बनाएका थिए । यसलाई उनको छोराले हेर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement