बिद्युतीय मोटरसाइकल ‘रिभोल्ट आरभी४००’ सार्वजनिक, एकपटकको चार्जमा १५६ किलोमिटर चल्ने

Advertisement

काठमाडौं । रिभोल्टले एआई आधारित पहिलो बिद्युतीय मोटरसाइकल ‘रिभोल्ट आरभी४००’ भारतमा सार्वजनिक गरेको छ। म्याप गाइड, बाइक लोकेसन लगायतका डिजिटल फिचर्स यसमा उपलब्ध छन्। साथै यसमा ब्याट्री चार्जका लागि नजिकको चार्जिङ स्टेसन सम्बन्धी जानकारी पाउन सकिने छ।

बाटोमा ब्याट्री सकियो भने पनि आफू भएको लोकेसनमा ब्याट्री मगाउन सकिने लगायतका आकर्षक फिचर्स यो मोटरसाइकलमा रहेका छन्। एकचोटी चार्ज गरेको मोटरसाइकल १ सय ५६ किलोमिटरसम्म चल्ने कम्पनीको दाबी छ।

ब्लुटुथको माध्यमबाट बाइक ‘स्टार्ट’, ‘स्टप’ गर्न सकिने कम्पनीको भनाइ छ।

यो १२५ सिसी बाइक भारतको हरियाणामा बनाइएको हो। बाइकको मूल्य एक लाख २० हजार भारतीय रुपियाँ रहेको छ।

Advertisement

Advertisement

Advertisement