गुठी विधेयक विरोधी आन्दोलनमा ‘गणतन्त्र चाहिँदैन’ नारा

Advertisement

काठमाडौं । सरकारले ल्याउने प्रयास गरेको गुठी विरोधी नाराको विरोधमा बुधबार भएको प्रदर्शनमा गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा समेत नारा लागेको छ ।

काठमाडौंका विशेषगरी नेवार समुदायबाट गुठी विरोधको चर्को आलोचना भइरहेको बेला आज विभिन्न समुदाय एवं संघ संगठन गरेको विरोध प्रदर्शनमा दशौं हजार सहभागी भए ।

प्रदर्शनमा सहभागीहरुले ‘गणतन्त्र मुर्दावाद’, ‘गणतन्त्र चाहिँदैन्’, ‘राजा आउ देश बचाउ’ जस्ता नारासमेत लगाएका थिए । उनीहरुले प्रधानमन्त्रीदेखि सरकारका मन्त्रीहरुको समेत चर्को आलोचना गर्दै राजीनामा मागेका थिए ।

पश्चिमा धर्मको प्रभावमा परेर सरकारले आफूहरुको धर्मसंस्कृतिलाई मास्न लागेको भन्दै धार्मिक एवं जातिय समुदायले गुठी विधेयक फिर्ता लिने नभई खारेजै गर्नुपर्ने बताइरहेका छन् ।

काठमाडौंका नेताहरुले केही दिनअघि रिपोर्टर्स क्लवको कार्यक्रममा बोल्दै सरकारले आफूहरुको संस्कृति मास्ने प्रयास गरे गणतन्त्र पनि नरहनसक्ने भन्दै सरकारलाई नेपालको मौलिक संस्कृतिलाई विदेशीको प्रभावमा परेर मास्ने प्रयास नगर्न आग्रह गरेका थिए ।

विशिष्ट संस्कृति र चालचलन रहेको नेवार समुदाय र विघटित राजसंस्थाबीच सम्वन्ध रहँदै आएको थियो । सोही कारणले पनि गणतन्त्र स्थापनापछि उनीहरु सन्तुष्ट छैनन् ।

आजको प्रदर्शनमा काठमाडौं, भक्तपुर, ललितपुरका विशेषगरी नेवार समुदाय र राजावादीहरुको ठूलो उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement