बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

Advertisement

काठमाडौं । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार भएका एक जनालाई केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ बस्ने प्रमोदकुमार खड्कालाई सीआईबीले राजधानीको सुकेधाराबाट पक्राउ गरेको हो ।

खड्काले प्रशान्त जैसवालसँग आर्थिक व्यवहार मिलाउन भनि २३ लाख ऋण लिएको तर तिर्ने बेलामा नेपाल एसबीआई बैंकको ब्यालेन्स नभएको चेक काट्दा चेक बाउन्स भएको थियो ।

त्यसपछि जैसवाल अदालत गएकोमा उच्च अदालत पाटनको ०७६ वैशाख १६ गते उनलाई एक महिना कैद र २३ लाख जरिवाना ठहर गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खड्काले ०७४ कात्तिक ११ मा जैसवालको नाममा चेक जारी गरेकोमा भक्तानी हुन नसकी बाउन्स भएको थियो ।

पक्राउ परेका खड्कालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरी अदालतको आदेशपछि कैद भुक्तानको लागि कारागार पठाईएको छ ।

Advertisement

Advertisement

Advertisement