सुनकोशीमा माछा मार्न गएका दुई विद्यार्थी बेपत्ता

Advertisement

उदयपुर । सुनकोशी नदीमा माछा मार्न गएका उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नं. १ बाँसबोटेका दुई विद्यार्थी बेपत्ता भएका छन् । बुत्कु माध्यमिक विद्यायलका अध्यनरत विद्यार्थी १६ वर्षीय देवकुमार राई र १४ वर्षीय प्रविन राई बेपत्ता भएका हुन्।

बिहान ७ बजेको समयमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएपछि गाउँलेहरुले खोजी कार्य जारी राखेको वडाध्यक्ष भिमबहादुर राईले जानकारी दिएका छन् ।

अध्यक्ष राईका अनुसार देवकुमार एसइई दिएर बसेका विद्यार्थी हुन् भने प्रविन कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।

Advertisement

Advertisement

Advertisement