ग्लोबल आइएमई बैंकका ग्राहकलाई सुमेरु अस्पतालमा १० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक र सुमेरु अस्पतालबीच सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका कार्ड बिक्री तथा बजार प्रबद्र्घन विभाग प्रमुख नवीन सुवेदी र अस्पतालका निर्देशक दिलिप डंगोलले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सुमेरु अस्पताल, धापाखेल, ललितपुरमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने छन्।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखा रहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकलाई सेवा प्रदानगर्दै आएको छ।