‘कर्पोरेट नेपाल’को प्रवद्र्धक कम्पनी बिजकेयर नेपाल प्रालिमा नयाँ सञ्चालक समिति

Advertisement

काठमाडौं । कर्पोरेट नेपाल डटको प्रवद्र्धक कम्पनी बिजकेयर नेपाल प्रालिमा नयाँ सञ्चालक समिति चयन भएको छ । नयाँ सञ्चालक समितिमा सीताराम विलासी, आशिष ढुंगाना, खेमराज अधिकारी र नारायण पौडेल रहेका छन् ।

सञ्चालक समिति बैठकले बिलासीलाई समितिको अध्यक्षमा चयन गरेको छ । उनी कर्पोरेट नेपालका सम्पादक पनि हुन् । समितिले ढुंगाना र अधिकारीले बजार निर्देशकको रुपमा पनि नियुक्त गरेको छ ।

बिगत पाँच बर्षदेखि सञ्चालित आर्थिक मिडिया क्षेत्रमा स्थापित यस सञ्चार माध्यमले बिगत साढे तीन बर्षदेखि ‘कर्पोरेट नेपाल’नामक टेलिभिजन कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम हाल न्यूज२४मा सञ्चालित छ ।

Advertisement

Advertisement

Advertisement