सरकारलाई सरकारी निकायबाटै असहयोग भइरहेको प्रधानमन्त्री ओलीको गुनासो

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारलाई विभिन्न ठाउँबाट सहयोग भइरहेको गुनासो गरेका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा उनले सरकारलाई सहयोग गरेर बेथिक बनाउने र जनतालाई निराश बनाउने काम भइरहेको दावी गरेका छन् ।

ओलीले भने, ‘सरकारलाई असहयोग गर्ने, सरकार बेठिक रहेछ भन्ने बनाउने र जनतालाई निराश पार्ने काम भइरहेको छ, राजनीतिक क्षेत्रमा त यस्तो हुन्छ । तर सरकारी निकायबाट पनि यस्तो काम भएको जानकारी मलाई छ ।’

उनले कसैले गल्ती गर्‍यो भन्ने ठाउँ नदिन आग्रह गर्दै सबै मन्त्रालयलले आफ्नो मातहतको कामको निरन्तर अनुगमन गर्ने, प्रगति विवरण लिने र कार्ययोजना अनुसारको काम भएको नभएको तर्फ चनाखो हुन निर्देशन थिए । ओलीले कार्ययोजना अनुसार काम नभए हेर्न पनि आवश्यक कदम चाल्नु पर्ने बताए ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई बद्नाम गर्ने काम भइरहेको भन्दै वर्तमान सरकार लोकतन्त्रको थिती बसाल्न प्रयासरत रहेको बताए । उनले जनतामा लोकतन्त्रप्रतिको सम्मान जगाउनु पर्ने आवश्यकता औंल्याए । ओलीले भने, ‘हामीले जनताका अधिकारको रक्षा गरेर लोकतन्त्रलाई सुदृढ बनाउनु पर्छ, निष्पक्षता, स्वच्छता र पारदर्शीतालाई हाम्रो मुख्य लक्ष्य बनाउनु पर्दछ।’

अहिले विकासका लागि अनुकुल अवस्था सिर्जना भएको भन्दै उनले सशस्त्र द्धन्द्धको शान्तिपूर्ण समाधान भई गणतन्त्र स्थापना भएर नयाँ संविधानसमेत जारी भई प्रतिकुलतालाई सहज बनाएको अवस्थामा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सबै एकजुट हुनुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement