आज केही स्थानमा मेघगर्जनसहित बर्षा हुने

Advertisement

काठमाडौं । आज (बिहीबार) दिउँसोको समयमा देशको पूर्व तथा मध्ये क्षेत्रमा सामान्य वदली रही बाँकी भू–भागमा आंशिक वदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पूर्व तथा मध्ये क्षेत्रका केही र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना छ ।

त्यस्तैगरी, रातिको सयममा देशभर आंशिकदेखि सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement