बुद्ध एयरको सन्ध्याकालीन उडान हटाइने

Advertisement

काठमाडौं । सुर्खेतबाट बुद्ध एयरको सन्ध्याकालीन उडान हटाइने भएको छ । असार एक गतेदेखि शुरु भएको सन्ध्याकालीन उडान यात्रु अभावमा हटाइने भएको हो । काठमाडौंका लागि बिहान र साँझ दुईपटक उडान गर्ने भनेको बुद्ध एयरले यात्रु अभावका कारण उडान शुरु भएको एक हप्ता नहुँदै असार छ गते देखि सन्ध्याकालीन उडान हटाउने भएको बुद्ध एयरका सुर्खेत इन्चार्ज अनिल पन्तले जानकारी दिए ।

यसै हप्ताको शुक्रबारदेखि बुद्ध एयरको सुर्खेत–काठमाडौँ सन्ध्याकालीन उडान हटाइने बुद्ध एयरका सुर्खेत इन्चार्ज पन्तले जानकारी दिए । “यात्रु अभावका कारण हटाउन बाध्य भएका हौँ”, उनले भने । हाल दुई उडानमा काठमाडौँका लागि ४० यात्रु बुद्ध एयरले पाएको पन्तले बताए ।

Advertisement

Advertisement

Advertisement