आजबाट मनसुनको शुरुवात, ३ दिन लगातार पानी पर्ने सम्भावना

Advertisement

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आंशिक मनसुन सुरु भएको बताएको छ । विभागले मौसम पूर्वानुमान प्रेस विज्ञप्ती सार्वजनिक गर्दै आगामी ३ दिनसम्म निरन्तर पानी पर्ने प्रक्षेपण गरेको हो ।

आज बिहीबार दिउँसो देशको पूर्व तथा मध्य क्षेत्रमा सामान्य वदली रही बाँकि भू–भागमा आंशिक वदली रहने छ। पूर्व तथा मध्य क्षेत्रका केहि र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तो छ ३ दिनको मौसम

असार ५ गते (बिहीबार)

दिउँसोः देशभर सामान्यतया वदली रही पूर्व र मध्यका केही र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षा सहित मेघगर्जन हुने सम्भावना छ्र

रातिः देशको पूर्वी तथा मध्य क्षेत्रको साथै पश्चिमी पहाडी भूभागमा सामान्यतया वदली रही बाँकि भूभागमा आंशिक वदली रहनेछ ्र देशका केही स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

असार ६ गते (शुक्रवार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

असार ७ गते (शनिबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

Advertisement

Advertisement

Advertisement