बिनाअनुमति एनजीओले स्थानीय तहमा कार्यक्रम गर्न नपाउने

Advertisement

काठमाडौं । बिनाअनुमति एनजीओले स्थानीय तहमा कार्यक्रम गर्न नपाउने भएका छन् । बिहीबार काठमाडौंमा आयोजित स्थानीय तहको क्षमता अभिवृद्धिका लागि अन्तरराष्ट्रिय सम्मेलन उद्घाटन गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले यस्तो बताएका हुन् ।

मन्त्री पण्डितले सरकारको अनुमतिबिना कुनै पनि गैरसरकारी संस्थाहरुलाई छुट्टै कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध लगाउने जानकारी दिएका हुन् ।

सरकारसँग सहकार्य गरेर मात्रै स्थानीय तहमा गैरसरकारी संस्थाहरुले आफ्नो कार्यक्रम सञ्चालन गर्न सक्ने उनको भनाइ छ ।

मन्त्री पण्डितले स्थानीय तहमा जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी ‘स्थानीय सरकार सञ्चालन ऐन’ परिमार्जन गर्न लागिएको पनि बताए ।

उनले स्थानीय तहलाई जनताको कामप्रति जवाफदेही बनाउन सरकारले सो ऐन परिमार्जन गरेर अघि बढ्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे ।

 

Advertisement

Advertisement

Advertisement