स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातक तहको प्रवेश परीक्षा स्थगित, स्नाकोत्तरको भने सञ्चालन हुने

Advertisement

काठमाडौं । यही असार ७ गते सञ्चालन गर्ने धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातक तहको प्रवेश परीक्षा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगन गरेको छ । प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजकुमार रौनियारले स्नातक तहको एमबीबीएस, बीडीएस, बिएस्सी नर्सिङ र बीएम आइटीको प्रवेश परीक्षा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरेको जानकारी दिएका छन्।

दश जोड दुईको नतिजा नआउँदासम्म प्रवेश परीक्षा नलिन शिक्षा मन्त्रालयले आग्रह गरेको थियो । संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठकमा समेत परीक्षाबारे प्रश्न उठेको थियो । नेपाली विद्यार्थीको सहभागितालाई ध्यानमा राखेर प्रवेश परीक्षा स्थगित गरिएको उपकुलपति रौनियारले जानकारी दिए ।

तर, स्नाकोत्तर तहका सबै परीक्षा भने असार ७ गते नै सञ्चालन हुने उनले बताएका छन् । एमडीरएमएस, एमडी एचए, एमीएस, एमएसी, र एमपीएचको परीक्षा भने ७ गते शनिबार नियमित हुनेछ । प्रतिष्ठानले गत वैशाख २४ गते प्रवेश परीक्षाको सूचना निकालेको थियो । रासस

Advertisement

Advertisement

Advertisement