गल्बन्दी विवाद : शम्भु राईलाई प्रकाश सपुतले लेखे यस्तो चिठी

Advertisement

काठमाडौं । गायक प्रकाश सपुतको पछिल्लो गीत ‘गलबन्दी’ सुपर हिट भएै सँगै यसको विवाद पनि बढ्न थालेको छ ।
पुराना संगीतकर्मी शम्भु राईले गलबन्दी गीतको भाका आफ्नो पुरानो एउटा देउसी गीतमा मिलेको गम्भिर आरोप लगाएका छन् । गीत कपि भएको बिषयमा भाका मिल्दो जुल्दो भएपनि कपी नभएको धेरैको ठम्याइछ छ ।

राई भने आफ्नो भनाइमा अडिक नै छन् । यसबीचमा दुई श्रष्टाबीच संवाद पनि भयो । लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीको मध्यस्थतामा भएको वार्तामा राईले आफ्नो गीत कपी भएको अडान लिए भने सपुतले नकारे ।

वरिष्ठ संगीतकर्मी राई सञ्चारमाध्यमहरुमा आए र यो प्रकरणले छुरी धसेजस्तो भएको, आफ्नो पहिचान मेटिन लागेकाले बोल्नु परेको जस्ता अभिव्यक्ति दिए ।

त्यसलाई लिएर सपुतले राईलाई खुलापत्र लेखेका छन्, जसमा उनले राईका गीतहरु पहिल्यैदेखि सुन्दै आएको भएपनि यो देउसी गीत भने कहिल्यै नसुनेको उल्लेख गरेका छन् ।

एक अनुजको पत्र अग्रजलाई’

आदरणीय शम्भु राई सर, नमस्कार ।

आराम छु, आराम चाहान्छु ।

आज मिति २०७६ असार ३ गते रातको ठीक १२ बजेर ५३ मिनेट जाँदै गर्दा बुटवल फर्साटिकटमा रहेको रिद्धीसिद्धी पार्टी प्यालेसको पहिलो तलाको बीचको कोठाको बेडरुममा पल्टिएर मोबाइलको नोटबुकमा यो चिठी लेख्दै छु । तपाईलाई विश्वास नलाग्ला गीत पनि सुन्दै छु( चिठी तिमीलाई लेखु भन्छु )

विना कुनै स्वार्थ, विना कुनै उक्साहट, विना कसैको सुझाव सल्लाह, विना कुनै योजना यत्तिकै मनबाट जे आउँछ त्यही लेख्दैछु सर । करिब ३६ डिग्री गर्मीलाई उछिन्ने जोशमा फूल स्पिडमा उसा ब्राण्डको फ्यान घुमिरहेको छ । अलिअलि शितल गराएको पनि छ तर फ्यानभन्दा स्पिडमा घुमिरहेको मेरो मनका कुराहरु यहाँ पोखेर शितल हुन चाहन्छु । यद्यपि हुन्छु कि नाई, थाहा छैन । भर्खरै एउटा सांगीतिक प्रस्तुति दिएर फर्केको । यही नजिकै महोत्सव लागेको छ । राम्रो पारिश्रमिक तोकेर आएको थिएँ । करिब आधा जति दर्शक टिकट नपाएर गुनासो गर्दै फर्किएछन् । आयोजकले भोलि पुनः प्रस्तुति दिन आग्रह गर्नु भएको छ । कारण गलबन्दी क्रेज ।

मैले सोचेकै थिएन सर लोकगीत गाएर यतिविधि चर्चित भइन्छ भनेर । बुढापाकाले मात्रै, त्यो पनि पश्चिम पश्चिम भेगतिर सुनिने लोकदोहोरी गाएर कहिल्यै सेलिब्रिटी बनिन्छ जस्तो लाग्थेन । त्यसैले गति नै त छाडिएन, तर अनेक तिक्डम चै लगाएकै हो । एकबारको जुनीमा गाउने इलम गरिसकेपछि २र४ जनाले चिनेनन् भने के गाउनु गाँठे भन्ने आत्मवोध भैरहन्थ्यो । त्यसैले गीतै गाएर पेट र परिवार पालेको भएपनि म कहिल्यै खुसी भैन ।

सपना ज्युँको त्युँ छ । भोक ज्यूँको त्यूँ छ भनेर निकै निराशामा गुज्रिरहेको थिएँ । कसोकसो दोहोरी ब्याटलले अलिअलि भोक मेटायो । त्यही चिनिने भोक क्या सर । पछि ‘बोल माया’ गर्दा मैले चिनिने भन्दा सम्झिनेतिर अल्लि बढी ढल्केर काम गरेँ र आफूलाई अलि धेरै अंक बटुलेँ दर्शक स्रोताबाट ।

ब्याटल टुले मेरो परिचयमा थोरै प्रश्न उठायो । तँ को होस् रु कताको मुन्छे होस् रु भनेर अलिअलि नम्बर घट्यो पनि, तर क्रियटिभिटीमा नम्बर त जोडिएकै हो । कहिलेकाहिँ उत्तर गलत हुँदा पनि अक्षर राम्रो भएर नम्बर पाइन्थ्यो नि सर स्कुलमा । त्यो पनि गणितमा, विज्ञानमा होइन नेपाली बिषयमा । हो, संगित पनि नेपाली विषयजस्तै लाग्छ सर । गणितको, विज्ञानको जस्तो ठ्याक्कै उत्तर नमिले पनि मिठो भाषा लेख्न जान्यो भने, राम्रो अक्षर कोर्न जान्यो भने लगभग पास अंक त पाइने । १०० मा ३२ ।

सर्वप्रथम त तपाईले ‘गलबन्दी’ सुनिसकेपछि तपाईको मनमा भाका मिलेजस्तो लागेर भएको छटपटी र हल्ला भैसकेपछि आएका नकारात्मक टिकाटिप्पणीहरुबाट तपाईको आत्मसम्मानमा पुग्न गएको ठेसप्रति म दुःख व्यक्त गर्दछु । एउटा अनुजको कामले अग्रजको मनमा उब्जिएको बेचैनी र तपाईको व्यक्तित्व र नियतमाथी आएका प्रश्नहरुप्रति म लज्जावोध गर्दछु । यद्यपि तपाईले कुरा उप्काइसकेपछि मेरो नियत माथी, मेरो व्यक्तित्वमाथी, मेरो सिर्जनामाथी लागेका आरोपहरुले मेरो आत्मसम्मानमा, मेरो दैनिक जीवनमा, मेरो मानसिकतामै पनि कत्रो असर पुगेको छ त्यतातिर सोचेर हजुर दुःखी नहुनु होला है ।

म ठीकठाक छु सर । हामीलाई हाम्रो समयले दिएको एउटा जादुमयी अवसर छ( भाइरल । छिनमै उचालिएर माथी पुग्ने, छिनमै तल थेचारिने । त्यसैले लगभग सामान्यजस्तै लाग्न थालेको छ रातारात चर्चित हुने र रातारात गाली खाँदै लखेटिने प्रवृत्ति । जुन भोक थियो नि सर चिनिने र चर्चित हुने । भयो, अघाइयो । भुँडी फुट्ने गरी अघाइयो ।

अँ साच्ची भाका मिलेको प्रसंग । गाउँमै हुँदा सुनेको भनेर तपाईलाई मख्ख पार्दिनँ सर । काठमाडौं आएर दोहोरी साँझमा काम गर्न थालेपछि हजुरका धेरै गीतहरु सहकर्मीहरुको आवाजमा सुनियो । आफूलाई रहर लागेर खोजी(खोजी ओरिजिनल गीत सुनेर डायरीमा गीत टिपेर पनि गाइयो । ‘चिठी तिम्लाई’ र ‘तिमीले सम्झेनी लाखै छ’ भन्ने अक्सर अफर आउँथ्यो दोहोरीमा । सहकर्मीले गाउँथे, म अभिनय जस्तो गर्थें । हल्का रक्सिले मातेको बेला यस्तो गीतले अझै छुने रैछ कि मान्छेलाई कुन्नि रु

पैसा पनि राम्रै झर्थ्यो । म चाहिँ रहरले ‘चलेछ बतास सुस्तरी’ गाउने प्रयास गर्थें । त्यसको पूरै अन्तरा याद छ सर मलाई । कतै माहोल जुरेछ भने म हजुरलाई सुनाम्ला गाएरै । तर कुन कसम खाएर भनौं सर यो देउँसी भैलो गीत मैले सुनेको थिएनँ । त्यसैले मैले कपि गरेको हुँदै होइन । पहिले नै रेकर्ड भैसकेको कुनै गीत पुनः रेकर्ड गर्छु र हिट बनाउँछु भन्ने आत्मविश्वास कसैमा हुन्छ जस्तो लाग्दैन सर । बरु पुरानो हिट गीतलाई रिमेक गर्ने, कभर गर्ने चलन बढेको छ । यो कति सही, कति गलत, त्यता नजाऔं । मैले यहाँ जोड्न खोजेको चाहिँ पहिला त्यति नसुनिएको, सफल नभएको गीतलाई रि(रेकर्ड गरेर चलाइदिन्छु भन्ने कन्फिडेन्स ममा छैन सर । त्यो रिस्क तपाईले त्यतिखेरै लिनु भयो । अब मैले किन लिन्थेर १

अहिले त झन् खÞर्च बढेको छ सर । कलाकारको भाउ र पारिश्रमिक हृवात्तै बढेको छ । खर्च उठाउने बिजनेस वे छैन । उसबेला जस्तो क्यासेटमा साइन गरेर पठाएको अनुभव हामीले गर्न पाइएन सर । अहिलेको अवसर र चुनौती भनेको मैले माथी जोडिसकेँ तेई ‘भाईरल’ हो । त्यो पनि फिरिको ।

सर भाका मिलेकै छैन रु काँ मिलेको छ रु भनेर तपाईको विचारलाई तपाईको फिलिङ्सलाई तपाईको प्रत्येक तर्कलाई म खण्डन गर्न चाहन्न । तपाईले आफैंले भन्नु भएको थियो म तपाईको छोराभन्दा पनि धेरै कान्छु उमेरको छु । तपाई मेरो बुबाभन्दा पनि बढी उमेरको हुनुहुन्छ । यसकारण तपाईको भोगाई, तपाईको अध्ययन, अनुभव, तपाईको योगदान तपाईको सफलताको अगाडि म धेरै बच्चा छु । उमेर अनुभव र समयले पनि म केटाकेटी नै हो । एउटा स्रोता भएर सुन्दा गलबन्दी र आउ नाचौं १र२ ठाउँ उस्तै(उस्तै सुनिन्छ जस्तो मलाई पनि लाग्छ । ओई सुन् त मिलेको छ यार भनेर यी दुई गीत ९अलिकति स्पीड बढाएर० फोर्सफुल्ली एकैचोटि सुनाउने हो भने जो कोहिको मनमा पनि आउँछ होला( य हो त यार मिलेकै रैछ । तर अलि गहिरिएर सुन्ने हो भने ठ्याक्कै मिलेको चाहिँ छैन कि सर ।

कपि हुनलाई त पूरै र्‍याङको ठ्याङ मिल्नु पर्ने हैन र । सेम टु सेम भएपछि त फ्याट्टै चिनिन्छ सर । यसरी मत नै बाझिदैन । हेर्नुस् त दर्शकहरु बाँडिएको । कसैलाई लाग्छ मिल्छ । कसैलाई लाग्छ मिल्दैन । त्यसैले यो दर्शकलाई भजाएर हामी कबड्डी(कबड्डी जस्तो मिडिया(मिडिया नखेलौं सर ।

मैले यहाँनिर धेरै लोक भाका मिल्छन् । उस्तै उस्तै हुन्छन् । यो हाम्रो नेपालको सम्पत्ति हो । पब्लिक डोमेन हो । यस्तो उस्तो भने पनि तपाईलाई तर्कले जित्न खोजे जस्तो होला । यद्यपि अन्य संगितहरु अलिकति गणितीय सूत्रमा बाँध्न सकिन्छ । लोकभाकाहरु अलि बढी स्वतन्त्र हुन्छन् । खोलाहरु जस्तै, हावा, पानी, बनजंगल जस्तै प्राकृतिक ।

मेरा सिर्जनाहरु धेरै कुराहरुबाट प्रभावित छन् सर । उसै पनि जति गीत चलेका छन् ती सबै शब्द र सङ्गीतले मात्रै होइन भिडियोमा अनेक तिगडम गरेको छु सर । यो प्रविधिले र जमानाले बनाएको हो । म्युजिक उठेर गीत भनेर म्युजिकमै सकिँदा पनि पूर्ण गीत हुन्थ्यो ‘चिठी तिम्लाई’ ताका । अहिले चिठीको चलन हराएर भिडियो च्याटको जमाना भएर होकि सर गीतको अगाडि पछाडि यस्सो नाटक नजोडि त गीत नै पूर्ण नहुने जस्तो पो भैसक्यो ।

खÞैर, म फेरि जोड्न चाहन्छु मैले ठ्याक्कै गीत सुनेर कपी गरेको हुँदै होइन सर । डिट्टो कपी पनि छैन गीत । मैले नेपाली सांगीतिक इतिहासको बारेमा त्यति अध्ययन गरेको त छैन, तर तपाईभन्दा अझै अग्रज, तपाई र मसम्म आउँदा नेपाली सङ्गीत र विशेषतः लोकगीत सिर्जना गर्ने ती तमाम अग्रजहरुबाट प्रभावित हुँदै नै हामीले गीत सिर्जना गर्ने हो । तपाईहरुले बडो दुःख गरी खनेको बाटोमा हामी सजिलरी हिँड्न पाएका छौँ । यस्सो खाल्डाखुल्डी पुर्ने र सके कालोपत्रे गर्ने जिम्मेवारीवोध पनि गरेका छौं । तपाईहरुकै बाटोमा हिँड्दै गर्दा तपाईहरु जस्तै(जस्तै देखिनु स्वभाविक हैनर सर रु

अहिले समय अलि बदलिएको छ सर । गीत सङ्गीतमा भिडभाड छ । किनकी बाटो सजिलो भएको छ । जो कोही जा कहीबाट आउन मिल्ने भएर पनि होला । त्यसमाथि हाम्रो पुस्ताको रुचि फेरि डेन्जर( डेन्जर छ सर । यस्तो अवस्थामा गलबन्दी जस्तो मौलिक लोकगीत यो लेभलमा स्वीकार्य हुनु पनि एउटा उपलब्धी हो सर । आफ्नो व्यवसायिक नाफा घाटा नहेरी सांस्कृतिक महत्व बचाउन सबै विधि पुर्‍याएर ३२र३५ मिनेटको तिहार गीत बनाउन तपाईलाई जरुरी थियो र सर रु तिमीले सम्झेनी लाखै छ जस्तो अर्को खत्रा आधुनिक गीत दिएर आरबिटीबाट झ्याम्म दाम बुझ्न सक्नुहुन्थेन र रु

म्युजिक नेपालसँग राम्रै छ सम्बन्ध तपाईको, तर तपाईलाई कलाकारिता गर्दा केबल नाफा घाटा मात्रैभन्दा पनि नेपाली लोक सङ्गीतको । नेपाली मौलिक कला संस्कृतिको बिछट्टै माया रैछ सर । त्यति माया गर्ने मान्छेले एउटा अनुज भाइले अहिलेको समयमा मौलिकता झल्काउन गरेको प्रयासलाई अलिकति भाकाको प्रसंग लिएर निरुत्साहित नगरिस्यो न । हजारौं प्रकाश सपुत आए पनि तपाईको इतिहास र अस्तित्व मेटिन्न सर । ल मानम कसैले अझै मिठो गरी चिठी तिम्लाई दुरुस्त निकालेछ भनेपछि पनि तपाई मेटिनुहुन्न सर । तपाईको अस्तित्व आउँछ आउँछ ।

लेख्दालेख्दै मोबाइलको व्याट्री २ प्रसेन्ट भएछ । समय बिहानको ४स्३४ १ र अन्त्यमा, तपाईले बोलाएका फोरमहरुमा म उपस्थित हुन तयार छु सर, छलफलका लागि बहसका लागि, संगितको शुद्धीकरणका लागि, कपराइटको कानुन कार्यान्वयनका लागि र अग्रजहरुको सम्मानका लागि । तर यो मेरो वर्किङ आवर्स हो सर । सिर्जनशील हुन सक्ने र सोही अनुसार दौडिन पनि सक्ने उमेर हो मेरो । यो समयमा मलाई नअल्झाइस्यो न सर ।

म पनि केबल नाफा घाटा मात्रैभन्दा पनि केही फरक र राम्रो गर्न सकिन्छ कि भनेर धेरै रात अनिदो बस्छु । गलबन्दीको लागि पनि मैले धेरै नै मेहेनत गरेको छु सर । जहाँसम्म नाम राख्ने कुरा छ । यो धेरै लोक भाकाहरुबाट प्रभावित छ सर । यता पश्चिमतिरको भजनको ताल र रत्यौलीको लय मिश्रित छ भने हजुरको देउसीबाट पनि प्रभावित भएछ । अब कसकसको नाम राखौं सर । नाम में क्या चिज है रु अब यसै पनि आजको मितिसम्म सबैभन्दा छोटो समयमा करोड क्लबमा जाने गीत कुन हो भन्ने प्रश्नमा उत्तर आउछ( गलबन्दी । तर, उत्तर यति मै सकिँदैन । ‘ए त्यो शम्भु राईसँग मिलेको गीत’ भनेर आउने भैक्यो ।

विश्वास विचित्रको चिज हो सर । यो निकै जरा गाडेर बसेको हुन्छ मानिसहरुमा । अब तपाईले मिलेकै हो भन्ने प्रमाणित गरे पनि मिलेको छैन भन्नेलाई विश्वास लाग्दैन । मैले हैन मिलेकै छैन भनेर चिच्याए पनि गीत उस्तैउस्तै सुन्नेको कान फेर्न सक्दिनँ । त्यसैले एउटा सिर्जना माथी दर्शक स्रोताको चासो, चिन्ता र माया सम्झेर यो प्रसंग यहीँ स्वतन्त्र छोडौं न सर ।

म तपाईलाई असाध्यै सम्मान गर्छु । तपाई मलाई प्रोत्साहन गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त छु । आगामी सिर्जनाको लागि सचेत बनाउनु भएकोमा धन्यवाद सर । तर म र म जस्तै नया पुस्तालाई डर पैदा नगरिदिनु होला । जो गीत सङ्गीतमा केही गरौं भन्ने हुटहुटीले लामो संघर्षपछि अलिअलि तंग्रिएका छौं ।

धन्यवाद सर ।

टेक केयर, सी यू सर

Advertisement

Advertisement

Advertisement