एनआइसी एसिया नबिललाई ‘च्यालेन्ज’ बन्योः अनिल शाह

Advertisement

काठमाडौं । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल शाहले एनआईसी एसिया बैंक आफूहरुको लागि च्यालेन्ज बनेको बताएका छन् ।

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले चार बर्षअघि जब एनआइसी एसिया टिक्ने प्रयासमा थियो, त्यतिबेला नै नबिलले केही गर्नुपर्ने थियो भन्दै त्यतिबेला केही गर्न नसक्दा अहिले एनआइसी एसिया च्यालेन्ज बनेर आएको बताए ।

शाहले भने, ‘त्यतिबेला नै शाखाहरु खोल्नुपर्ने थियो, खोल्न सकिएन् । फिक्स डिपोजित र एमएमई बिजनेशमा धेरै काम गर्नुपर्ने थियो, नबिल पनि सुतिदियो, इन्भेष्टमेन्ट र हिमालयनले पनि केही गरेनन् । एनआइसी एसियाले खाली ग्राउण्ड पायो, दौडिरयो ।’

उनले समयमा बिचार नपुर्याउँदा एनआईसी एसियाको डिजोजित बेस र ल्याण्डिङ बेस ठूलो हुन लागेको र ब्रान्चहरुको संख्यामा गुणात्मक वृद्धि गरेको बताए । तर मुख्य कुरा कर्जाको गुणस्तर कस्तो छ ? र स्टाफ म्यानेजमेन्ट कसरी गर्नसक्छ ? भन्ने कुरा मुल प्रश्न भएको शाहले बताए ।

Advertisement

Advertisement

Advertisement