के तपाई आफ्नो प्रेमिकालाई खुसी राख्न चाहानुहुन्छ ? यस्तो छ खुसी राख्ने तरिका !

Advertisement

काठमाडौं । स्वभाविक रुपमा गर्लफ्रेन्डले आफ्ना ब्वाइफ्रेन्डप्रति अपेक्षा राख्छन् । उनीहरु चाहन्छन्, आफ्ना ब्वाइफ्रेन्ड समझदार होस् । स्मार्ट होस् । फेसनेवल होस् । रोमान्टिक होस् । व्यवहारिक होस् । तर, यति मात्र काफी छ त रु यदि उनीहरुको मनोविज्ञान बुझेर त्यही अनुसार आफुलाई पेश गर्न सकियो भने प्रेम जीवन सुमधुर र कसिलो हुन्छ । रसिलो पनि ।यसका लागि ब्वाइफ्रेन्डसँग केही ट्रिक्स भने हुनैपर्छ ।

जब कुनै युवती प्रेममा पग्लन थाल्छे, उनीहरुलाई ब्वाइफ्रेन्डको साथ चाहिन्छ । उनीहरु ब्वाइफ्रेन्डको सामिप्यता चाहन्छन् ।यस्तो अवस्थामा उनीहरुको चाहानालाई उपेक्षा गर्नु हुँदैन । गर्लफ्रेन्डसँग समय बिताउने प्रयास गर्नुपर्छ । हरेक दिन भेट्न संभव नभएपनि उनीहरुको सम्पर्कमा रहनुपर्छ । गर्लफ्रेन्डमा यस्तो महसुष हुनुपर्छ कि, मेरो ब्वाइफ्रेन्ड सधै मेरो साथमा छ । यसले उनीहरुमा प्रेम र सुरक्षाको भाव जगाउँछ ।

हरेक पल साझेदार गरौं
अक्सर युवतीहरु आफ्नो ब्वाइफ्रेन्डले खुलेर मनको कुरा गरेको रुचाउँछन् । उनीहरुको चाहाना पनि यही हुन्छ । सुखमा होस् वा दुखमा, खुसीमा होस् वा पीडामा गर्लफ्रेन्ड सँग आफ्नो मनोभाव पोख्नुपर्छ । युवतीको विश्वास जित्ने राम्रो काइदा हो यो । हरेक पल उनीहरुसँग साझेदार गर्नुपर्छ । संभव भए घुम्ने, फिल्म हेर्ने, सपिङ गर्ने, रेष्टुरेन्ट जाने काम गर्नुपर्छ । यदि सो संभव नभए पनि आफ्नो बारेमा अपडेट गराउनुपर्छ । यसले तपाई कति जिम्मेवार र विश्वासिलो हुनुहुन्छ भन्ने कुरा गर्लफ्रेन्डले अनुभूत गर्छिन् ।

प्रेम व्यक्त गरौं
प्रेम अनुभूत गर्ने कुरा हो । यद्यपी मानविय स्वभाव के हुन्छ भने, यस्ता कुरा खुलेर व्यक्त गरोस् । खासगरी प्रेमको सवालमा यो कुराले अहंम भूमिका राख्छ । युवती वा युवा जो कोहिले आफुप्रति प्रेम व्यक्त गरोस् भन्ने अपेक्षा राख्छ । गर्लफ्रेन्डलाई कति माया गरिन्छ वा विश्वास गरिन्छ, सो कुरा व्यक्त गर्नुपर्छ । गर्लफ्रेन्डलाई माया दर्शाउन उपहार नै दिनुपर्छ भन्ने छैन, केवल शब्दद्वारा पनि माया व्यक्त गर्न सकिन्छ । गर्लफ्रेन्डको जन्मदिनमा शुभकामना दिनुहोस् । उनको सफलतामा खुसी हुनुहोस् । जसरी हुन्छ, गर्लफ्रेन्डलाई आफुले भरपुर माया दिएको अनुभूत गराउनुहोस् ।

फिल्म हेराउने
गर्लफ्रेन्डसँग फिल्म हेर्ने अवसर सधै जुर्दैन । र, बिवाहपछि त यो संभव पनि हुँदैन । त्यसैले प्रेम सम्बन्ध रहेकै बेला यस्तो अनुभूति पनि संगाल्न सकिन्छ । गर्लफ्रेन्डसँग कुनै रोमान्टिक फिल्म हेर्न सकिन्छ । यद्यपी कुन फिल्म हेर्ने, कुन हलमा जाने भन्ने कुरामा आफ्नो निर्णय लाद्नु हुँदैन । गर्लफ्रेन्डलाई यसमा प्राथमिकता दिनुपर्छ ।

निक नेम राख्ने
आफ्नी गर्लफ्रेन्डलाई सम्बोधन गर्नका लागि कुनै निक नेम राखौं । यसले तपाईहरुको प्रेम सम्बन्ध थप प्रगाढ हुन्छ । मायालु नामले गर्लफ्रेन्डलाई सम्बोधन गर्नुपर्छ । गर्लफ्रेन्डलाई भावनात्मक रुपले पगाल्नका लागि यो राम्रो सूत्र हो ।

उपहार
प्रेम सम्बन्धलाई जोड्ने अर्को माध्याम हो, उपहार । उपहार गतिलो वा महंगो हुनुपर्छ भन्ने छैन । यद्यपी अर्थपूर्ण भने हुनुपर्छ । यसले उपहार छनौटमा तपाई कति बुद्धिमानी हुनुहुन्छ भन्ने कुरा पनि देखाउँछ । अक्सर उपहार छनौट गर्दा गर्लफ्रेन्डको रुची, सौखलाई ध्यान दिनुपर्छ । उनलाई कस्तो रंग मनपर्छ भन्ने कुरामा समेत ध्यान दिन सकिन्छ ।

प्रशंसा गरौं
प्रचलित भनाई नै छ, केटीहरु प्रशंसाको भोका हुन्छन् । गर्लफ्रेन्डलाई प्रशंसा गर्नुपर्छ तर, त्यो स्वभाविक हुनुपर्छ । यदि गर्लफ्रेन्डलाई कुनै पहिरनले सुहाएको छ भने, कुनै गरगहनाले राम्री देखिएको छ भने प्रशंसा गर्न कञ्जुस्याँइ गर्न हुन्न । तर, अस्वभाविक वा बनावटी प्रशंसा नगरौ । त्यसले तपाईको प्रवृत्तिमाथि नै शंका पैदा गर्न सक्छ ।

Advertisement

Advertisement

Advertisement