प्रहरी र विप्लव समूहबीच सर्लाहीमा भिडन्त, जिल्ला इञ्चार्ज मारिए

Advertisement

काठमाडौं । प्रहरी र नेकपा विप्लव समूहबीच सर्लाहीमा भिडन्त भएको छ । लालबन्दीमा भएको भिडन्तमा एक जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बताएका छन् ।
घटनामा एक जनाको मृत्यु भएको छ । मृतक अन्दाजी ४५ दवर्षका विप्लव समूहका सर्लाही इञ्चार्ज हुन् ।

विप्लवका कार्यकर्ताहरूले गतिविधि गरिरहेको सूचनाका आधारमा त्यहाँ दुई नम्बर प्रदेश प्रहरी, विशेष ब्यूरो र ईलाका प्रहरी कार्यालय लालबन्दीको टोली गएको थियो।

घटनाको कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ।
घटनामा संलग्न अन्य तीन जना फरार रहेको प्रहरीले बताएको छ।

Advertisement

Advertisement

Advertisement