सरकारले पशुपतिनाथ मूल मन्दिरको जग्गाको समेत लालपूर्जा दिएन्

Advertisement

काठमाडौं । सरकारले पशुपतिनाथको मूल मन्दिर रहेको जग्गाको समेत लालपूर्जा नदिएको खुलासा भएको छ । बिहीबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले पशुपतिनाथको मूल मन्दिरमा रहेको जग्गाको लालपूर्जासमेत सरकारले नदिएको बताएका हुन् ।

ढकालले लालपूर्जाका लागि नापी विभागमा निवेदन दिए पनि त्यहाँबाट उपलब्ध नभएकोमा आफूलाई दुःख लागेको बताए ।

उनले पशुपतिनाथको जमिन भने कसैले पनि अतिक्रमण नगरेको दाबी गरे । लालपूर्जा नभए पनि पशुपतिनाथको अचल सम्पत्तिको रुपमा रहेको जग्गा भने कसैले पनि अतिक्रमण नगरेको पशुपति क्षेत्र विकास कोषको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement