सरकार पुर्नगठन चाँडै गर्न ओलीलाई प्रचण्डको दबाब

Advertisement

पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठनको संकेत गरेका छन् । नेपाल प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मन्त्रिपरिषद पुर्नगठनबारे छलफल भइरहेको बताएका हुन् ।

प्रचण्डले मन्त्रिपरिषद पुर्नगठनका लागि प्रधानमन्त्री ओली तयार हुन बाँकी रहेको बताए । उनले प्रधानमन्त्रीले चाहे तुरुन्तै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ भन्दै यस विषय पटक पटक छलफल भइरहेको बताए । सरकारको नेतृत्व कहिले केपी ओलीले नै पाँच बर्ष गर्ने, कहिले आलोपालो गर्ने बताउँदै आएका उनले मन्त्रिपरिषद पुर्नगठनका लागि ओलीलाई दबाब दिएको संकेत मिल्छ ।

यसअघि जेठ अन्तिम साता चितवन गएको बेला प्रचण्डले सहमतिअनुसार सरकारले नेतृत्व आलोपालो हुनुपर्ने बताएका थिए । पार्टी एकीकरणको बेला उनीहरुले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको पत्र यसअघि ओली दिल्ली गएको बेला सार्वजनिक गरिएको थियो । यद्यपि ओली नेपाल फर्किएपछि प्रचण्डले पुनः ओलीले नै पाँच बर्ष सरकार चलाउने बताएका थिए ।

Advertisement

Advertisement

Advertisement