रसुवागढीको सुरुङमा फँसेका १७ जनाको सकुशल उद्दार

Advertisement

रसुवा । पावर हाउसमाथिबाट पहिरो खसेपछि रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा फसेका कामदारको सकुशल उद्धार गरिएको छ । उनीहरुको शुक्रबार बिहान सकुशल उद्दार गरिएको प्रहरीले जनाएको हो ।

निर्माणधीन सुरुङमा बिहीबार पहिरो गएपछि ६ चिनिया नागरिकसहित १७ जना फँसेका थिए । सुरक्षित तरिकाले बाहिर निकाल्न उनीहरुलाई सुरुङबाट बाहिर निस्किने प्रयास नगर्न सल्लाह दिएपछि उनीहरु रातभरी त्यही बसेका थिए । कामदारहरुको सुरक्षित उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएपछि आज बिहान उनीहरु उद्दार भएको हो ।

कुल १११ मेगावट क्षमताको यो आयोजना रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement