सुनको भाउ दैनिक एक हजारले बढ्दै, यस्तो छ आजको बजार मूल्य !

Advertisement

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार ६४ हजार रुपियाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज पनि एक हजार रुपियाँले बढेर ६५ हजार रुपियाँमा कारोबार भएको छ।
अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले त्यसको असर स्थानीय बजारमा परेको सम्बन्धीत व्यवसायीहरु बताउँछन् । नेपालमा उपलब्ध सबै सुन विदेशबाट नै आयात हुने हँदा अन्तरराष्ट्रिय बजार अनुसार यहाँ मूल्य निर्धारण गरिने हुनाले आज सुनको भाउ बढेको हो ।

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि बढेको छ। बिहिबार ६३ हजार ७०० रुपियाँमा कारोबार भएको तेजाबी सुनको मूल्य पनि आज एक हजार रुपियाँले बढेर ६४ हजार ७०० रुपियाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५५ हजार ७३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५५ हजार ४४५ रुपियाँ कायम गरेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपियाँले बढेर ७४० रुपियाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६३४ रुपियाँ ५० पैसा कायम गरेको छ।

Advertisement

Advertisement

Advertisement