अरबौँ राजस्व छल्ने व्यापारी भट्टराईसहित १५ जनाविरुद्ध ३ अर्ब बिगो माग

Advertisement

काठमाडौं । नक्कली बीजक बनाएर राजस्व छली गर्ने सुनसरी इनरुवाका गोपालप्रसाद भट्टराईसहित १५ जनाविरुद्ध झण्डै तीन अर्ब बिगो र दोब्बर जरिबाना माग गर्दैै राजस्व अनुसन्धान विभागले अदातलमा मुद्धा दायर गरेको छ ।

भट्टराईसहित १५ जनाविरुद्ध दुई अर्ब ९८ करोड ५७ लाख रुपियाँ बिगो र त्यसको दुई गुणा जरिबाना तथा तीन वर्ष कैद सजाय हुनुपर्ने माग दाबी गर्दै विभागले जिल्ला अदालत काठमाण्डौमा मुद्धा दायर गरेको हो ।

भट्टराईसहितका व्यक्तिहरुले अरुको नाममा विभिन्न आठ वटा फर्महरु दर्ता गराई राजस्व छलेर कारोबार गर्दै आएको विभागको दावी छ । भट्टराई र रिम्रध्वज कार्की मिलेर राज्यलाई अर्बौँको राजस्व छली गरेको विभागको दाबी छ ।

साथै फर्मको लेखा परीक्षण गर्ने जगन्नाथ गुरुङ, शरणबहादुर खड्का र टंकनाथ नेपाललाई पनि पेसागत आचरण र मर्यादाविपरीत राजश्व छल्ने कार्यमा सहयोगी भई मतियारको काम गरेकाले आधा सजाय माग गरिएको छ ।

भट्टराई सुनसरी इनरुवा ९ घर भई हाल भक्तपुरको ठिमी नगरपालिका ३ मा बस्दै आएका थिए ।

Advertisement

Advertisement

Advertisement