नेपाल इन्भेष्टमेण्ट बैंकको विशेष साधारण सभा, जेबिल्स फाईनान्सलाई प्राप्ति

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले जेबिल्स फाईनान्सलाई प्राप्ति गर्नको लागि विशेष साधारण सभाको आयोजना गरी विशेष प्रस्ताव पारित गरेको छ । शुक्रबार आयोजित विशेष साधारण सभा मार्फत विशेष प्रस्ताव पारित गरिएको हो ।

हाल नेपाल ईन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १२ खर्ब ५९ अर्ब र जेबिल्स फाईनान्सको चुक्ता पूँजी ८४ अर्ब भएकोमा जेबिल्स फाईनान्सको १०० रुपियाँको एक सेयर बराबर ३३ रुपियाँ प्रदान गर्ने प्रस्ताब पारित भए मुताबिक जेबिल्स फाईनान्स प्राप्तिपछि एनआईबिएलको चुक्ता पूँजी १२ खर्ब ८७ अर्ब पुग्नेछ ।

जेबिल्सको प्राप्तिपछि बैंकको कुल निक्षेप १ सय ४७ अर्ब रुपियाँ पुग्नेछ भने कुल कर्जा १ सय ३२ अर्ब रहनेछ । जेबिल्स फाईनान्सको प्राप्तिपछि पनि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत नै रहनेछ ।

हाल बैंकले काठमाडौं उपत्यका भित्र २३ तथा उपत्यका बाहिर ५७ वटा शाखा संचालनमा ल्याएको जनाएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएको शाखा, एक सय ११२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ४९ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ ।

बैंक अफ द ईयर पाँच पटक प्राप्त गरिसकेको एनआईबिएलले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेको अब्बल प्रदर्शनका कारण युरोमनी नामक अन्तराष्ट्रिय पत्रिकाबाट गत वर्ष युरोमनी अवार्ड फर एक्सिलेन्स ‘बेस्ट बैंक २०१८’ अवार्ड प्रापत गर्न सफल भएको थियो । इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङमा बैंकले ए प्लस स्त्तर हासिल गरेको हो ।

Advertisement

Advertisement

Advertisement