प्रभु लाइफको एजीएम असार २६ गते

Advertisement

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले असार २६ गते साधारण सभा (एजीएम) बोलाएको छ । इन्स्योरेन्सको संचालक समितिको असार ४ गते बसेको ४८ औं बैंठकले दोस्रो साधारण सभा होटल याक एण्ड यति, दरबारमार्गंमा दिउसो ३ बजेसाधारण सभा बोलाएको हो ।

साधारण सभामा कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ । त्यस अनुसार कम्पनी राजिष्ट्रार कार्यालय, बीमा समिति वा अन्य नियमनकारी निकायले फेरबदल गरेका आवश्यक संशोधन तथा परिमार्जन गर्न संचाललक समितिलाई अख्तियारी दिनेछ ।

हाल चुक्ता पूँजी १ अर्ब ४० करोड रूपियाँ रहेको इन्स्योरेन्सले बीमा समितिले तोकेको न्यूनतम २ अर्ब पुर्याउन ६० करोड रूपियाँ बराबरको आइपीओ जारी गर्नेछ ।

Advertisement

Advertisement

Advertisement