नेपाल लिकर्सले तिर्‍यो सर्वाधिक अन्तशुल्कः चालू आर्थिक बर्षमा झण्डै दुई अर्ब बुझायो

Advertisement

काठमाडौं । विभिन्न ब्राण्डका मदिराहरु उत्पादन गर्दै आएको नेपाल लिकर्स प्रालिले चालू आर्थिक बर्षमा झण्डै दुई अर्ब रुपियाँ अन्तशुल्क तिरेको छ । गत जेठ २५ गतेसम्मको समयमा प्रालिले एक अर्ब ९४ करोड रुपियाँ अन्तशुल्क बुझाएको पूर्वकै ठूलो राजश्व कार्यालय आन्तरिक राजश्व कार्यालय विराटनगरले जनाएको छ । कम्पनीले नै उत्पादन गरेका मदिराहरु सिग्नेचर, म्याकड्वेल नम्बर वान, एन्टीक्वीटी र रोयल च्यालेन्ज, ब्ल्यू रिबान्डलगायत मदिराहरु नेपाली बजारमा विक्री गर्दै आएको छ ।

यसअघि युनाईटेड स्पीरिटद्वारा सञ्चालित यी ब्राण्डहरु एक वर्ष अघिदेखि राजेश बीर सिंह तुलाधरको नेतृत्वमा लिकर्स प्रालिले उत्पादन र विक्री वितरण गर्दै आएको छ । तुलाधरको नेतृत्वमा आएसँगै कम्पनीले आफ्नो बजार विस्तारलाई व्यापकता दिएको छ ।

अन्तराष्ट्रिय ख्यातिप्राप्त फ्रेन्चाईजी ब्राण्डका मदिराहरु पूर्ण रुपमा नेपालमै उत्पादन तथा विक्री गर्दै आएको कम्पनीले केही समय भित्रै थप उत्कृष्ट ब्राण्डहरु ल्याउने तयारीमा रहेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत् विभिन्न प्रकारका खेलकूद प्रतियोगिता, सांगितिक साँझ आदिमा आर्थिक तथा अन्य किसिमका सहयोगहरु उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले युवापुस्ताको आकर्षण रहेको फुटबल क्रिकेट तथा अन्य विभिन्न कार्यक्रमहरुमा समेत आफ्नो सहभागिता जनाउँदै आएको छ । युवा पुस्ता नै मुलुक निर्माणका कर्णधार रहेकोले उनीहरुको विकासका लागि खेलकूद क्षेत्रमा युवाहरुको आकर्षण गराउने तर्फपनि कम्पनीले आफ्ना कार्यक्रमहरु गराउने गरेको छ ।

Advertisement

Advertisement

Advertisement