राष्ट्रिय बाणिज्य बैंकको एटीएमहरुबाट अनधिकृतरुपमा रकम निकाल्ने पक्राउ

Advertisement

काठमाडौं । विभिन्न कार्डहरु प्रयोग गरी राष्ट्रिय बाणिज्य बैंकको काठमाडौंका विभिन्न एटीएम बुथहरुबाट अनधिकृतरुपमा रकम निकाल्ने राजकुमार पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

निजीले फ्रड प्लाष्टिक म्याग्नेटिक कार्डहरु प्रयोग गरी २० लाख रुपियाँभन्दा बढि रकम गैरकानुनीहरुमा एटीएमहरुबाट निकालेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीई)ले जनाएको छ । बारा पिपरपानी–७ स्थायी घर भई हाल काठमाडौंको शंखमुलमा बस्दै आएका ३३ बर्षीय पाण्डेलाई पक्राउ गरी उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिराखिएको जनाइएको छ ।

निजबाट गोल्डेन कलरको सादा कार्ड दुई थान, ई५० फर यू एसुदा लेखिएको कार्ड दुई थान, प्रभु बैंकको शिशिर भण्डारीको नामको भिषा कार्ड एक थान, स्टेट बैंकको मास्टर कार्ड एक थान, नबिल बैंकको दिपावली पाण्डेको नामको भिषा कार्ड एक थान, एस बैंकको फुर्बा वाङचुकको मास्टर कार्ड एक थान, सेन्चुरी बैंकको पजल बस्नेतको भिषा डेबिट कार्ड एक थान, आइएमई प्रिभिलेज कार्ड लेखिएको एक थान गरी जम्मा १२ वटा कार्डहरु बरामद गरिएको छ ।

पाण्डे एक लाखभन्दा बढि नगद, युनिकर्न मोटरसाइकल एक थान, एप्पल कम्पनीको ल्याबटप दुई थान, सिल्भर कलरको आइफोन एक थान, बरादम गरिएको जनाउँदै ब्यूरोले निजले तीन जना रोमनियन नागरिकसँग मिलेर राष्ट्रिय बाणिज्य बैंकको एटीएम बुथहरुबाट पैसा निकाल्ने गरेको भेटिएको जनाएको छ । यसरी निकालिएको रकम उनीहरुले बाँडेर लिने गर्थे । ती विदेशीहरुले अहिले नेपाल छोडिसकेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement