हुवावे भन्छ- गुगल, फेसबुक नचले पुरै पैसा फिर्ता दिन्छौँ

Advertisement

काठमाडौं । हुवावेले आफ्ना स्मार्टफोन र ट्याब्लेटहरूमा गुगल एप तथा फेसबुक नचले पूरै पैसा फिर्ता हुने जानकारी दिएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले ह्वावे स्मार्टफोनमा जिमेल, गुगल प्ले, गुगल म्यापहरू, यूट्युब, क्रोम र नन–गुगल एपहरू फेसबुक, ट्वीटर, भाइबर, इन्स्टाग्राम र अन्य धेरै एपहरू चल्न बन्द नहुने स्पष्ट पारेको हो।

‘हुवावेका उत्पादनहरूमा एन्ड्रोइड अपरेटिङ सिस्टमको निर्माता गुगल हट्ने भन्ने चिन्ता व्यक्त भइरहँदा त्यस्तो नहुने भन्ने आफ्ना ग्राहकहरूलाई प्रत्याभूति गराउँछ’, कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘हुवावेका स्मार्टफोनहरू बलियो, टिकाउ र गुणस्तरीय हुने भएकाले कम्पनीले आफ्ना ग्राहकहरूलाई सबैभन्दा उत्कृष्ट आफ्टर–सेल्स अर्थात् बिक्री पश्चात् सेवाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।’

Advertisement

Advertisement

Advertisement