अलैँची बिक्रीबाट लमजुङमा पाँच करोड बढी आम्दानी

Advertisement

काठमाडौं । लमजुङमा यस वर्ष अलैँची बिक्रीबाट पाँच करोड बढी आम्दानी भएको छ । यसवर्ष सात सय ५० क्विन्टल अलैँची बिक्रीबाट पाँच करोड २५ लाख रुपियाँ आम्दानी भएको नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाले जनाएको छ ।

यसवर्ष किसानले प्रतिकेजी छ सय रुपियाँदेखि सात सय ५० रुपियाँसम्म अलैचीँ बेचेका थिए । गएको वर्ष छ सय २१ क्विन्टल अलैँची उत्पादन भएको थियो । गएको वर्ष अलैँची बिक्रीबाट चार करोड हाराहारीमा आम्दानी भएको थियो ।गएको वर्षको तुलनामा यसवर्ष जिल्लामा अलैँची उत्पादन पनि तुलनात्मक रुपमा बढेको छ ।

गएको वर्ष किसानले प्रतिकेजी छ सयदेखी छ सय ५० रुपियाँसम्ममा अलैँची बिक्री गरेका थिए ।

Advertisement

Advertisement

Advertisement