अमेरिकी आक्रमणले मध्यपूर्व क्षेत्रमै प्रभाव पर्ने इरानको चेतावनी

Advertisement

 

अमेरिका । वासिङ्टनबाट उसको हितका लागि तेहरानविरुद्ध हुने कुनै पनि आक्रमणको प्रभाव मध्यपूर्व क्षेत्रका लागि गम्भीर हुने इरानले चेतावनी दिएको छ । “इरानविरुद्ध कुनै पनि किसिमको हतियारद्वारा हमला भएमा यसले अमेरिका र उसका सहयोगी मुलुकहरूमा पनि प्रभाव पार्नेछ,” इरानी तासिम न्युज एजेन्सीले इरानी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल अबोलफाजल सेकार्चीलाई उद्धृत गरी लेखेको छ ।

उनले भने, “आज मध्यपूर्वको अवस्था इरानको लाभ बनेको छ । यदि शत्रु, खासगरी अमेरिका र यसका मध्यपूर्वस्थित सहयोगीले अमेरिकाको हितका लागि इरानमा हतियार विस्फोट गराइयो भने यसले समग्र क्षेत्रलाई नै तनावमा ल्याउनेछ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मानवरहित अमेरिकी विमानलाई तेहरानले खसालेपछि अमेरिका इरानमा आक्रमण गर्नका लागि ‘हतियारसहित तयार भइसकेको’ तर अन्तिम समयमा फिर्ता भएको भन्ने भनाइको जवाफमा इरानी सेनाको उक्त प्रतिक्रिया आएको हो ।

मानवरहित अमेरिकी विमानलाई खसालेको प्रति तेहरानले आफ्नो आकाशमा अमेरिकाले हस्तक्षेप गरी अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेर विमान खसालिएको दाबी गरेको छ । तर, अमेरिकाले भने यसलाई अस्वीकार गर्दै आएको छ र भनेको छ— दुई मुलुकबीचको तनाव इरानले सामुद्रिक मार्ग भएर हिँडेका दुई तेल ट्यांकरमाथिको ‘इरानी हमला’ पछि अमेरिका सुरक्षाका लागि सजग बनेको छ ।

 

Advertisement

Advertisement

Advertisement